कास्कीको अन्नपूर्णका तीन जनाले लिए आमाको नामबाट नागरिकता
पाेखरा | पुस २१, २०८२
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का निरुता नेपालीका दुई छोरा र एक छोरीले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार निरुताकी दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र एक छोरी सुस्मिता नेपालीलाई नेपाली नागरिकता प्रदान गरेको हो ।
गत मंसिर १२ गते अन्नपूर्ण गाउँपालिकामा भएको स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतानामूलक अन्र्तक्रिया कार्यक्रममा निरुता नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष हालसम्म तीन सन्तानको जम्मदर्ता नपाएको कारण नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि समस्या भएको विषय उठान गरेकी थिईन् ।
स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कास्कीले जन्मदर्ता बनाउन सहजीकरण गरेपछि आइतबार उनीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
निरुता नेपालीको पूर्व घर बताउने विक्रम राईसँगक सम्बन्ध कायम भई तीन सन्तानको जन्म भएपछि विक्रमले उनीहरुलाई छोडेर वेपत्ता भएपछि बावुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता पाउनबाट वञ्चित भएका थिए ।
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

